+
+
Shares

ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा

नेपाल विद्युत् प्राधिकरणको उपकार्यकारी निर्देशकबाट सेवा निवृत्त अधिकारीलाई १३ भदौको मन्त्रिपरिषद् बैठकले विशिष्ट श्रेणीको सेवा सुविधा पाउने गरी वरिष्ठ ऊर्जा विज्ञ नियुक्त गरेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २६ गते १८:५६

२६ चैत, काठमाडौं । ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारीले पदबाट राजीनामा दिएका छन् ।

मन्त्रालय स्रोतका अनुसार उनले व्यक्तिगत कारण देखाएर राजीनामा बुझाएका छन् । तर, के कारण राजीनामा दिए भन्नेबारे खुलेको छैन ।

नेपाल विद्युत् प्राधिकरणको उपकार्यकारी निर्देशकबाट सेवा निवृत्त अधिकारीलाई १३ भदौको मन्त्रिपरिषद् बैठकले विशिष्ट श्रेणीको सेवा सुविधा पाउने गरी वरिष्ठ ऊर्जा विज्ञ नियुक्त गरेको थियो ।

विद्युत् प्राधिकरणमा तीन दशक काम गरेका अधिकारी विद्युत् व्यापार, अन्तरदेशीय ऊर्जा आदान–प्रदान तथा नीति विज्ञ मानिन्छन् ।

यस विषयमा बुझ्न खोज्दा अधिकारीसँग सम्पर्क हुन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?