
२६ चैत गुल्मी । नेकपा एकीकृत समाजवादी गुल्मीको अध्यक्षमा राममल्ल ठकुरी चयन भएका छन् ।
मंगलबार सम्पन्न १२औं जिल्ला अधिवेशनबाट ठकुरीको अध्यक्षतामा ४३ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन भएको हो ।
कमिटीको उपाध्यक्षमा कमला बराल, रामजी ज्ञवाली चयन भएका छन् । सचिवमा बसन्त अधिकारी, उपसचिवमा सावित्रा भण्डारी, पिताम्बर पौडेल र सनबहादुर बुचा चयन भएका छन् ।
अधिवेशनको पूर्वमन्त्री तथा पार्टी केन्द्रीय उपमहासचिव मेटमणि चौधरीले उद्घाटन गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4