+
+
Shares

सरकारको भ्रष्ट प्रवृत्तिले प्रतिगमनकारी सलबलाउन थाले : श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २६ गते २१:३०

२६ चैत, गोरखा । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वर्तमान सरकारलाई भ्रष्टको संज्ञा दिएका छन् । मंगलबार गृहजिल्लामा पत्रकार भेटघाट गर्दै उनले सरकारले भ्रष्टाचारीलाई रक्षा गरेको आरोप लगाए ।

‘भ्रष्टाचारी र दलालहरूलाई रक्षा गर्न र दलाल विरोधी अभियानलाई रोक्न हाम्रो सरकार ढालेर यो सरकार बनेको हो,’ उनले भने, ‘यो सरकारले भ्रष्टाचारीलाई रक्षा गरेको छ, भ्रष्टाचारलाई निरन्तरता दिएको छ । त्यसैले यो सरकार भ्रष्ट सरकार हो ।’

लोकतान्त्रिक उपलब्धीको अभ्यास आम जनतालाई गर्न दिनुको सट्टा अहिलेको सरकारले निरकुंश प्रवृति प्रस्तुत गरिरहेको पनि उनले बताए । प्रतिगामी शक्तिहरू सलबलाउनुमा सरकारको अहिलेको क्रियाकलाप र गतिविधि नै प्रमुख कारण रहेको उनको भनाइ छ ।

‘लामो कालसम्म प्रतिगामी शक्तिहरू चुप लागेर बसेको अवस्थामा आज उनीहरूले टाउको उठाउने, सलबलाउने अवस्था किन आयो रु,’ उनले भने, ‘मुख्य त सरकारको क्रियाकलापले जनतामा पैदा भएको असन्तुष्टि निराशा र आक्रोशका कारण त्यसलाई आधार बनाएर प्रतिगामीहरूले टाउको उठाइरहेका छन् ।’

आफूहरू प्रतिगमनकारीविरुद्ध रहेको बताउँदै उनले प्रतिगमनको सपना नदेख्न चेतावनी पनि दिए । राजतन्त्र पुनर्वहाली गर्न भन्दै प्रतिगामी शक्तिहरूले गरेको आन्दोलनलाई सरकराले ठिक ढंगले ‘डिल’ गर्न नसक्दा अराजकता बढेको उनको जिकिर थियो ।

‘विस्थापित भएका शक्तिहरू मौका पाए आउन खोज्छन्, त्यो उनीहरूको प्रवृति हो । तर त्यो आधार नदिन अहिलेको सरकारले आफूहरूलाई सच्याउनुपर्छ,’ उनले भने । जनतामा छाएको निराशा र असन्तुष्टी अन्त्यका लागि अहिलेका पार्टीहरू सच्चिएर अघि बढ्नुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?