
२७ चैत, धनगढी । कैलालीमा एक युवकको शव फेला परेको छ ।
गोदावरी नगरपालिका–९ को दुर्गा मन्दिर पछाडि आज बिहान युवकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराले जानकारी दिए ।
उनका अनुसार मृतकको नाम, थर र वतन खुलेको छैन । उनको उमेर अन्दाजी ३५/३६ वर्षको छ ।
प्रहरीले घटनास्थल सुरक्षित गरेर अनुसन्धान गरिरहेको छ । अनुसन्धानका लागि तालिम प्राप्त कुकुरको समेत प्रयोग गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4