+
+
Shares

मानवअधिकार आयोगमा रास्वपाको निवेदन- शयन कक्षमै पुगेर प्रहरीले अभद्र शैली अपनायो

छानबिन गरेर दोषीलाई कारबाही गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २७ गते १२:५६
राष्ट्रिय मानव अधिकार आयोग परिसरमा रास्वपा नेताहरु । फोटो : आर्यन धिमाल/अनलाइनखबर

२७ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई पछिल्लो पटक पक्राउ गर्ने क्रममा मानवअधिकारको गम्भीर उल्लंघन भएको भन्दै मानवअधिकार आयोगको ध्यानाकर्षण गराएको छ ।

लामिछानेलाई गत शुक्रबार राति (चैत २२) निजी निवास हात्तीगौंडाबाट पक्राउ गर्ने क्रममा प्रहरीले सामान्य कानुनी प्रक्रिया पनि पूरा नगरेको भन्दै रास्वपाले बुधबार मानवअधिकार आयोग पुगेर रास्वपाका नेताहरूले निवेदन दर्ता गरेका हुन् ।

रास्वपाले मानव अधिकार आयोगमा दर्ता गरेको निवेदनमा लामिछाने विरुद्ध अस्वाभाविक, अशोभनीय, गैरकानुनी कार्य भएको, प्रहरीले असामान्य व्यवहार गरी अभद्र शैली अपनाएको, अनुमति विनै घरभित्र प्रवेश गरेको, शयन कक्षमै पुगेर धरपकड गरेको लगायत विषय उल्लेख गरिएको छ ।

‘राज्य संयन्त्रले मानव अधिकार हनन् हुनेगरी धरपकड गर्न खोज्यो । सामान्य प्रक्रिया पनि पूरा नगरी राज्यसंयन्त्र रातारात लागेर सामान्य जीवनमा ठूलै हलचल ल्याउने गरी उत्रियो । यसको घोर भर्त्सना गर्दछौं,’ कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले निवेदन बुझाएपछि भनेका छन् ।

उक्त घटनाको आवश्यक छानबिन गरेर दोषीलाई कारबाही गर्न रास्वपाले माग गरेको छ । सामान्य पक्राउ पुर्जी समेत नलिई अदालतको आदेश मान्ने भन्दै प्रहरीले प्रयोग गरेका शब्दहरूप्रति पनि रास्वपाले आपत्ति जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?