+
+
Shares

कैलालीमा माइक्रो बसको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २७ गते १५:३३

२७ चैत, धनगढी । कैलालीमा माइक्रो बसले ठक्कर दिँदा महिलाको मृत्यु भएको छ भने उनका श्रीमान गम्भीर घाइते भएका छन् ।

जानकी गाउँपालिका–५ को अमौरामा बुधबार सुपप्र ०१००१ ज १५९८ नम्बरको माइक्रो बसले साइकललाई ठक्कर दिएको थियो ।

सो क्रममा साइकल पछाडि सवार जानकी गाउँपालिका–५ बस्ने ४४ वर्षीया बडुवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहोराले जानकारी दिए ।

डीएसपी सिंहका अनुसार मृतकका श्रीमान समेत रहेका साइकल चालक ५५ वर्षीय मानबहादुर भन्ने मारुप बडुवाल गम्भीर घाइते छन् । उनको टाउकोमा गम्भीर चोट लागेको छ भने एउटा खुट्टा भाँचिएको छ ।

घाइते दुवै जनालाई उद्धार गरेर उपचारका लागि टीकापुर अस्पताल लगिएको थियो । तर श्रीमतीको भने उपचारकै क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

माइक्रो बस र चालक भजनी नगरपालिका–६ मादेउलीका २८ वर्षीय केदार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?