
२७ चैत, काठमाडौं । नेपाल बार एसोसिएसनको अध्यक्ष पदमा प्रा. डा. विजय प्रसाद मिश्र निर्वाचित हुने निश्चित भएको छ । गन्न बाँकी मतभन्दा मतान्तर धेरै भएपछि मिश्र अध्यक्ष निर्वाचित हुने पक्का भएको हो ।
अध्यक्ष पदमा कांग्रेस–एमाले गठबन्धनबाट मिश्र र माओवादी–रास्वपा लगायत दलको गठबन्धनबाट रमन श्रेष्ठ प्रतिस्पर्धामा थिए ।
निर्वाचन समिति स्रोतका अनुसार अब गन्न बाँकी उच्च अदालत पाटनको करिब १ हजार ५५८ र ललितपुर जिल्लाको ५६० गरी २ हजार ११८ मत छ । तर मिश्र श्रेष्ठभन्दा २ हजार २८७ मत अन्तरले अगाडि छन् ।
त्यसैले मिश्रको जित सुनिश्चित भएको निर्वाचन समिति स्रोतले बतायो ।
नेपालका कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि चैत २० गते देशभर मतदान भएको थियो । मतगणना बार एसोसिएसनकै भवन भित्र भइरहेको छ ।
प्रतिक्रिया 4