+
+
Shares

धुलिखेल अस्पतालका आवासीय चिकित्सकले पाए सरकारले तोके अनुसारको निर्वाह भत्ता

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २७ गते १६:५८

२७ चैत, काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) अन्तर्गतको धुलिखेल अस्पतालले आवासीय चिकित्सकलाई सरकारले तोके अनुसारको निर्वाह भत्ता दिएको छ ।

केयूको स्कूल अफ मेडिकल साइन्सेजको डिन प्राडा मनोज हुमागाईंका अनुसार आवासीय चिकित्सकलाई मासिक ४८ हजार ७३४ रुपँया दिइएको हो ।

‘शिक्षा मन्त्रालय र चिकित्सा शिक्षा आयोगको निर्देशन भएसँगै आवासीय चिकित्सकलाई निर्वाह भत्ता दिने निर्णय गरेका हौं,’ डा. हुमागाईंले अनलाइनखबरसँग भने ।

धुलिखेल अस्पतालमा स्नातकोत्तर तह (पीजी) अन्तर्गतको १२० आवासीय चिकित्सक अध्ययनरत छन् ।

चिकित्सा शिक्षा आयोगको २५ माघमा बसेको १६औं बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी मेडिकल अधिकृतसरह निर्वाह भत्ता दिने निर्णय गरेको थियो ।

सोही अनुसारले आयोगले निर्णय लागु गर्न सम्बन्धित विश्वविद्यालय र मेडिकल कलेजहरूमा पत्र पठाएको थियो ।

तर आयोगले गरेको निर्णय दुई महिना बितिसक्दा पनि निजी मेडिकल सञ्चालक अटेर गरेर बसेका छन् । अहिले १६ वटा मेडिकल कलेजका २ हजारभन्दा बढी आवासीय चिकित्सक निर्वाह भत्ताका लागि सडक उत्रिएका छन् ।

निजी मेडिकल कलेजले सरकारले तोकेको निर्वाह भत्ता उपलब्ध नगराउँदासम्म आन्दोलनलाई सशक्त बनाउँदै लैजाने उनीहरूको चेतावनी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?