
२७ चैत, काठमाडौं । सशस्त्र प्रहरीले काठमाडौंको सतुंगलबाट लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मोरङको मिक्लाजुङ–८ घर भई काठमाडौ बस्ने वर्ष ४५ का अमरबहादुर दर्जी, महोत्तरीको मनरासिस्वा नगरपालिका–२ बस्ने वर्ष ३० का सन्दीप सिंह र काठमाडौं महानगरपालिका–८ बस्ने वर्ष ३३ का आशिक सिंह छन् ।
बाराको सिम्रौनगढबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुवाहक बसमा सवार उनीहरूलाई विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल इन्टेलिजेन्स ब्यूरोको टोलीले पक्राउ गरेको हो ।
उनीहरूबाट डाइजापाम, नुर्फिन र फेनारगन लागूऔषध बरामद भएको छ । पक्राउ परकोहरूलाई लागूऔषधसहित प्रहरीको जिम्मा लगाउने तयारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4