
२७ चैत, काठमाडौं । सशस्त्र प्रहरी बलको टोलीले लागुऔषध पोल्यान्डसहित काभ्रेको बनेपाबाट दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धुलिखेल नगरपालिका घर भएका २८ वर्षीय अमृत भण्डारी र धुलिखेलकै ३० वर्षीय श्रीकृष्ण सत्याल रहेका छन् । उनीहरूलाई सशस्त्रको इन्टेलिजेन्स ब्यूरोको टोलीले पक्राउ गरेको हो ।
बनेपा बसपार्कस्थित एक नेवारी खाजा घरबाट बुधबार दिउँसो उनीहरूलाई पक्राउ गरिएको सशस्त्रले जनाएको छ ।
पक्राउ परेकाहरूलाई सशस्त्रले प्रहरीको जिम्मा लगाउने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4