
२७ चैत, काठमाडौं। रौतहटस्थित माधवनारायण नगरपालिकामा कार्यरत इञ्जिनियर नागेन्द्रप्रसाद यादव अनियमिततामा मुछिएको भन्दै छानबिन गर्न राज्य व्यवस्था समितिमा उजुरी पेश भएको छ ।
गौर नगरपालिकामा दरबन्दी रहेका यादव हाल काजमा माधवनारायण नगरपालिकामा निमित्त कार्यकारी प्रमुख छन् । नेपाली कांग्रेसका मधेश प्रदेश प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताले निमित्त कार्यकारी प्रमुख यादव विरुद्ध उजुरी दिएका हुन् ।
राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडालाई बुझाइएको उजुरीमा यादवले भ्रष्टाचार गरेको दाबी गरिएको छ ।
‘उक्त माधवनारायण नगरपालिकामा उपसचिव तहको व्यक्तिको दरबन्दी भएको ठाउँमा प्रशासकीय अधिकृत समेत नपठाई त्यहाँ नगरपालिकाको कार्यालयले गैरकानुनी तवरले नियुक्ति भएको कर्मचारीलाई निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी दिएको र उक्त स्थानीय निकायमा भ्रष्टाचार समेत भइरहेको अवस्था देखिएको छ,’ उजुरी पत्रमा भनिएको छ ।
निमित्त कार्यकारी प्रमुखमा रहेका यादवलाई काममा रोक लगाउन र उपसचिव तहको व्यक्ति खटाउन माग गरिएको छ ।
हेर्नुहोस् समितिमा दिएको उजुरी :
प्रतिक्रिया 4