
२७ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा रास्वपाको बैठक केहीबेरदेखि बसिरहेको छ ।
सभापति रवि लामिछाने कारागार चलान भएपछि रास्वपाको यो पहिलो सचिवालय बैठक हो ।
बैठकमा सभापति लामिछानेलाई पक्राउ गर्दा भएको धरपकडबारे धारणा तय र पछिल्लो समसामयिक राजनीतिबारे छलफल हुने बताइएको छ ।
सचिवालय बैठक बस्नुअघि आजै रास्वपाले मानव अधिकार आयोगमा पुगेर निवेदन दर्ता गराएको थियो । सभापति लामिछानेलाई पक्राउ गर्ने बेलामा प्रहरीले अनावश्यक धरपकड गरेर मानव अधिकारको उल्लंघन गरेको रास्वपाको ठहर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4