+
+
Shares

०८४ पछि पनि कांग्रेससँगको सहकार्य कायम रहन्छ : प्रधानमन्त्री ओली

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २७ गते २०:१९

२७ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सहयात्री दल नेपाली कांग्रेससँगको सहयात्रा ०८४ को चुनावपछि पनि कायम रहने बताएका छन् ।

बुधबार नेपाल चेम्बर अफ कमर्शको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले भोलि नै सरकार परिवर्तन भइहाल्छ कि भन्ने अवस्था नरहेको जिकिर गरे ।

‘देशका सबैभन्दा ठूला प्रमुख योगदान गरेका इतिहास बोकेका जिम्मेवार पार्टीहरू कम्फर्टेबल मेजोरिका साथ सरकारमा छन् । स्थिरता स्थायित्व छ, यो रहन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘अहिले मैले जे भनिरहेको छु, भोलि सरकार परिवर्तन भइहाल्छ कि भन्ने स्थिति छैन । कमसेकम ०८४ को चुनावसम्म जान्छ । त्यसपछि पनि यो शिलशिला कायम रहन्छ ।’

देशमा दुई ठूला दल एक ठाउँमा भएको र ढुक्क भएर आफ्नो व्यवसाय प्रवर्द्धन गर्ने कुरामा अघि बढ्न व्यवसायीलाई उनले आग्रह गरे ।

‘स्थिरता स्थायित्वको हिसाबमा ढुक्क भएर आफ्नो व्यवसाय प्रवर्द्धन गर्ने कुरामा अघि बढे हुन्छ,’ प्रधानमन्त्री ओलीले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?