+
+
Shares

डोटीमा चट्याङ लागेर एकजनाको मृत्यु, ७ घाइते

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २८ गते ८:३५

२८ चैत, दिपायल । डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । सात जना घाइते भएका छन् ।

डोटीको सायल गाउँपालिका ६ दल्लेखमा बुधबार राति चट्याङ पर्दा ३३ वर्षीया कमला नागरीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख विनोद शर्माले जानकारी दिए ।

घटनामा कमलाका ४ सन्तान घाइते छन् । १० वर्षीया छोरी तारा, ८ वर्षीय छोरा अविशेक, ६ वर्षीय छोरा अबि र ३ महिनाका छोरा शंकर घाइते भएका हुन् ।

यसैगरी स्थानीय ४० वर्षीया तारा नागरी, ८० वर्षीया काली दमाई र ६ वर्षीय बालक खुसी नागरी पनि घाइते छन् ।

घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको एसपी शर्माले बताए ।

बुधबार साँझ बझाङको वित्थडचिर गाउँपालिका–३ मा पनि चट्याङ लागेर ७८ वर्षीय धौले बोहराको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?