+
+
Shares

विद्यालय शिक्षा विधेयक : ३८ दफासम्म उपसमितिले जुटायो सहमति

उपसमिति सदस्य सरिता भुसालका अनुसार बुधबारसम्म ३८ दफामा सहमति जुटिसकेको छ । आज ३९ दफाबाट दफावार छलफल सुरु हुनेछ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २८ गते ९:४०

२८ चैत, काठमाडौं । विद्यालय शिक्षा विधेयकमा ३८ वटा दफामा दफावार छलफल सकिएको छ ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको उपसमितिमा शिक्षा विधेयकमाथि दफावार छलफल चलिरहेको छ ।

उपसमिति सदस्य सरिता भुसालका अनुसार बुधबारसम्म ३८ दफामा सहमति जुटिसकेको छ । आज ३९ दफाबाट दफावार छलफल सुरु हुनेछ । ‘३९ दफामा पुगेका छौं । उपसमितिले काम सकाएर फुल समितिमा लैजान्छौं’, उनले भनिन्, ‘परिच्छेद ४ सम्म सकियो ।’

उपसमितिलाई ३५ दिनको समय दिइएको छ । आज उपसमितिको बैठक सवा १२ बजेको लागि बोलाइएको छ ।

शिक्षकहरूले शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलन चर्काएपछि उपसमितिले दफावार छलफल तीव्र रुपमा अगाडि बढाएको हो ।

उपसमितिले जुटाएको सहमति भने सार्वजनिक गरिएको छैन । यद्यपि, ईसीडी दुई वर्षको बनाउने, जिल्ला शिक्षा कार्यालय नरहने, शिक्षा विभाग नरहने लगायतको सहमति जुटेको छ ।

परीक्षा बोर्ड र पाठ्यक्रम विकास केन्द्रसँग सम्बन्धि दफामा पनि उपसमितिमा सहमति जुटेको छ । तर, के सहमति भयो खुलाइएको छैन ।

उपसमितिले परिभाषा, प्रस्तावना, निजी विद्यालयको विषयमा पछि छलफल गर्ने बताएको छ । सहमति हुन नसकेका कतिपय विषय शीर्ष राजनीतिक नेतृत्वसँग पनि छलफल गरेर टुंगो लगाउने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?