+
+
Shares

प्रदर्शनका लागि शिक्षकले सडक कब्जा गर्न खोज्दा प्रहरीसँग धकेलाधकेल

माइतीघरदेखि बिजुली बजार पुलसम्मको सडक कब्जा गरेर शिक्षकहरूले प्रदर्शन गर्न खोजेपछि प्रहरी र शिक्षकबीच धकेलाधकेलसम्मको अवस्था सिर्जना भयो ।

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८१ चैत २८ गते १३:२८

२८ चैत, काठमाडौं । नेपाल शिक्षक महासंघले २० चैतदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेको छ ।

माइतीघरदेखि बिजुली बजार पुलसम्म सडकको मुख्य लेन कब्जा गरेर उनीहरूले आन्दोलन गरिरहेका छन् । मुख्य लेनमा शिक्षकहरूले नाचगानसहित प्रदर्शन गरेका कारण प्रदर्शन अवधिभर मुख्य लेन भएर गाडी गुड्न पाएका छैनन् । तर दुवै तर्फका सहायक लेनबाट भने मंगलबारसम्म निर्वाध गाडीहरू गुडिरहेका थिए ।

तर आज विहीबार शिक्षकहरूले दक्षिण तर्फको लेन पनि कब्जा गरेर प्रदर्शन गरेका छन् । जसका कारण बानेश्वरबाट माइतीघरतर्फ गइरहेका गाडीलाई उनीहरूले बिजुलीबजार पुलबाट अगाडि बढ्न दिएका छैनन् ।

बानेश्वर भएर माइतीघरतर्फ गइरहेको गाडीलाई शिक्षकहरूले अगाडि बढ्न नदिँदा बिजुलीबजार पुल क्षेत्रमा केहीबेर तनाव सिर्जना भयो । प्रहरी र आन्दोलित शिक्षकहरूबीच धकेलाधकेलसम्मको अवस्था सिर्जना भयो ।

आन्दोलनकारी शिक्षकहरूले गाडी अगाडि बढ्न नदिएपछि बिजुली बजार पुगेका गाडीहरु बाध्य भएर ब्याक हुनु पर्‍यो । अहिले पनि तीन वटै लेन कब्जा गरेर शिक्षकहरूले प्रदर्शन गरिरहेका छन् ।

शिक्षक महासंघ र सरकारबीच आज वार्ता हुने भनिएको छ । सरकारसँग वार्ता गर्नका लागि शिक्षक महासंघले सहअध्यक्ष नानुमाया पराजुलीको संयोजकत्वमा वार्ता टोली पनि बनाइसकेको छ ।

 हेर्नुहोस् तस्वीरहरू : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?