+
+
Shares

बारका नवनिर्वाचित अध्यक्षको प्रतिक्रिया- संविधान संशोधनमा योगदान पुर्‍याउँछौं

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २८ गते १४:००

२८ चैत, काठमाडौं । नेपाल बार एशोसियसनका नवनिर्वाचित अध्यक्ष विजयप्रसाद मिश्रले स्वतन्त्र रस्वच्छ न्यायपालिका स्थापनाका लागि काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

बिहीबार निर्वाचनको अन्तिम मतपरिणामपछि विजयी घोषणा भएलगत्तै उनले संक्षिप्त प्रतिक्रिया दिने क्रममा यस्तो बताएका हुन् ।

‘बार सबैलाई समेटेर एकजुट भएर अघि बढ्नेछौं । निर्वाचन हुनुअघिको सबै वादविवाद आजबाट समाप्त भयो,’ उनले भनेका छन्, ‘स्वतन्त्र न्यायपालिका र स्वच्छ न्यायपालिका स्थापनाका लागि काम गर्नेछौं ।’

बारको विधान नै मुख्य कार्यपत्र रहने बताउँदै युवा, महिला कानुन व्यवसायीको हकहितमा काम गर्ने बताए ।

‘बारको विधान हाम्रो मुख्य कार्यपत्र हो । युवा, महिला कानुन व्यवसायीको हकहितमा विशेष कार्य गरिनेछ,’ सर्वोच्च बार परिसरमा विजय उत्सवमा सहभागी हुँदै उनले भने ।

साथै, उनले संविधान संशोधनमा पनि योगदान पुर्‍याउने बताए ।

‘संविधान संशोधनमा पनि योगदान पुर्‍याइनेछ । नेपाल बार एशोसियनका लगातार भइरहेका कामलाई व्यवस्थित बनाएर निरन्तरता दिनेछौं,’ मिश्रले भनेका छन् ।

वरिष्ठ अधिवक्ता मिश्रले ५ हजार ५२ मत ल्याएर विजयी भएका हुन् । उनी कांग्रेस–एमाले गठबन्धनका संयुक्त उम्मेदवार हुन् ।

त्यस्तै, माओवादी केन्द्र लगायतका दलहरूको समर्थनमा उम्मेदवारी दिएका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले २ हजार ६ सय २१ मत प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?