+
+
Shares

निर्वाचनपछि नेपाल बार एसोसिएसनको दृश्य यस्तो देखियो (तस्वीरहरू)

नेपाल बार एशोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता प्रा.डा.विजयप्रसाद मिश्र भारी मतान्तरका साथ विजयी भएका छन् । निर्वाचित पदाधिकारीहरूलाई नेपाल बारको प्राङ्गणमा टीका, खादा माला लगाएर स्वागत गरिएको छ । 

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २८ गते १४:२६

२८ चैत, काठमाडौं। नेपाल बार एशोसिएसनको अध्यक्षमा कांग्रेस-एमाले गठबन्धनका उम्मेदवार वरिष्ठ अधिवक्ता प्रा.डा.विजयप्रसाद मिश्र भारी मतान्तरका साथ विजयी भएका छन् ।

मिश्रले ५०५२ मत ल्याएर विजयी हुँदा माओवादीलगायतका दलहरुको समर्थनमा उम्मेदवारी दिएका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले २६२१ मत मात्रै पाए ।

महासचिवमा पनि कांग्रेस-एमाले गठबन्धनकै वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला ४८७४ मतका साथ विजयी भए भने अर्को गठबन्धनका उम्मेदवार यज्ञमणि न्यौपानेले २३६७ मत पाए । अन्य सबै पदाधिकारीमा कांग्रेस-एमाले गठबन्धनकै उम्मेदवार भारी मतान्तरका साथ निर्वाचित भएका छन् ।

कोशी प्रदेशबाट उपाध्यक्षमा पदमप्रसाद लिम्बु, मधेशबाट अजयशंकर झा, बागमतीबाट तेजबहादुर रावल, गण्डकीबाट भूपेन्द्र खनाल, लुम्बिनीबाट कृष्णप्रसाद पोख्रेल, कर्णालीबाट विवसकुमार बस्नेत, सुदूरपश्चिमबाट सिद्धराज ओझा र महिला खुला उपाध्यक्षमा सरस्वति श्रेष्ठ निर्वाचित भएकी छन् ।

यस्तै नेपाल बारको कोषाध्यक्षमा जगतबहादुर कार्की निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

निर्वाचित सबै पदाधिकारीलाई आज नेपाल बारको प्राङ्गणमा टीका, खादा माला लगाएर स्वागत गरिएको छ ।

हेर्नुहोस् थप तस्वीरहरू :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?