+
+
Shares

‘नेसनल हर्टिकल्चर एक्स्पो’ सुरु, फलफूलदेखि जडीबुटीसम्मको नर्सरी प्रर्दशनी

नर्सरी क्षेत्रको एकीकृत महाकुम्भ मेलाका रूपमा पुष्प, फलफूल, कृषिवन तथा जडीबुटी नर्सरीका व्यावसायिक उत्पादनको बृहत प्रदर्शनी सुरु भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २८ गते १५:५१

२८ चैत, काठमाडौं । राजधानीको भृकुटीमण्डपमा आज बिहीबारदेखि नर्सरी व्यवसायी संघ नेपालले ‘नेसनल हर्टिकल्चर एक्स्पो’ आयोजना गरेको छ ।

नर्सरी क्षेत्रको एकीकृत महाकुम्भ मेलाका रूपमा पुष्प, फलफूल, कृषिवन तथा जडीबुटी नर्सरीका व्यावसायिक उत्पादनको बृहत प्रदर्शनी सुरु भएको हो ।

बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठले दोस्रो एक्स्पो उद्घाटन गरे । मन्त्री श्रेष्ठले बागमती प्रदेशले कृषिलाई जोड दिएको भन्दै उपत्यकाका तीन जिल्लासहित नुवाकोटलाई नर्सरी तथा पुष्पखेतीको जोन बनाएर कार्यक्रम तयार गरिरहेको बताए ।

३१ चैतसम्म हुने एक्स्पोमा पुष्प, फलफूल, कृषि वन र जडीबुटी नर्सरीका ७ सयभन्दा बढी प्रजातिका बोटबिरुवा प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन् ।

आयोजकका अनुसार मलखाद, अर्गानिक एवं रासायनिक विषादी, बीउबिजन, गमला, औजार उपकरण तथा प्रविधिका समेत स्टल छन् । मेलामा ७० व्यावसायिक, ३ फुड, ८ अफिसियल तथा प्रतिष्पर्धाको ५ समेत कुल ८६ स्टल छन् ।

मेलामा कम्तीमा ५१ हजार जनाले अवलोकन गर्ने साथै १ करोड २५ लाखभन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरेको एक्स्पो संयोजक रविनकुमार गौतमले जानकारी दिए ।

मेला अवलोकन गर्न सर्वसाधारणका लागि प्रवेश शुल्क प्रतिव्यक्ति १ सय तथा विद्यार्थी र ज्येष्ठ नागरिकका लागि प्रतिव्यक्ति ५० रुपैयाँ शुल्क तोकिएको छ ।

संघ अध्यक्ष रामजीप्रसाद दाहालका अनुसार १५ असोज २०८० मा नर्सरी व्यवसायी संघ नेपाल आधिकारिक रूपमा दर्ता भएपछि संघले तीन वटा एक्स्पो गरिसकेको छ ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?