+
+
Shares

सरकार र शिक्षक महासंघबीचको वार्ता सकियो

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २८ गते २१:२९

२८ चैत, काठमाडौं । सरकार र नेपाल शिक्षक महासंघबीचको वार्ता सकिएको छ ।

शिक्षा मन्त्रालयमा भएको वार्तामा के सहमति भयो भन्ने बारे शिक्षा मन्त्रालयले खुलाउन चाहेन ।

‘आजको वार्ता सकिएको छ । वार्तामा भएका कुराकानी आन्तरिक छलफल गरेर भोलि मात्रै सार्वजनिक गर्छौं,’ शिक्षा मन्त्रालय सचिवालयका एक सदस्यले भने ।

वार्तामा शिक्षक महासंघबाट सहअध्यक्ष नानुमाया पराजुली नेतृत्वको टोली सहभागी थियो । सरकारको तर्फबाट भने शिक्षामन्त्री विद्या भट्टराई नेतृत्वको टोली सहभागी थियो ।

शिक्षक महासंघले २० चैतदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आइरहेको छ ।

वार्ता, संवाद र आन्दोलन सँगसँगै अघि बढाउने भन्दै उनीहरूले बिहीबार माइतीघरदेखि बिजुलीबजार पुलसम्मको सडक नै कब्जा गरेर प्रदर्शन गरेका थिए ।

तीन वटै लेन कब्जा गरेर प्रदर्शन गर्न खोज्दा प्रहरीसँग धकेलाधकेलको अवस्था सिर्जना भएको थियो ।

महासंघले बुझायो शिक्षा मन्त्रालयलाई ध्यानाकर्षणपत्र

शिक्षक महासंघले ध्यानाकर्षण पत्र बुझाएको छ ।

महासंघ सहअध्यक्ष नानुमाया पराजुलीको नेतृत्वको टोली बिहीबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पुगेर ध्यानाकर्षण पत्र बुझाएको हो ।

शिक्षक-कर्मचारी आफ्ना विगतका सबै सहमति सम्बोधन हुने विद्यालय शिक्षा ऐनको खोजी गर्दै आन्दोलनमा आएको ध्यानाकर्षणपत्रमा उल्लेख छ ।

‘अहिलेको अवस्थामा संसदको वर्षे अधिवेसन तत्कालै सुरु गर्ने, विशेष अधिवेशन आह्वान गर्ने वा अध्यादेश जारी गर्ने मध्ये एउटा विकल्पमार्फत् विद्यालय शिक्षा ऐन जारी हुन सक्छ । नयाँ शिक्षा ऐन जारी गर्ने सवालमा सरकारको मार्ग चित्र के हो ? त्यसमा प्रष्टता आवश्यक छ । साथै विगतका सहमति कार्यान्वयन गर्ने सन्दर्भमा मन्त्रिपरिषद्को निर्णयबाट सम्बोधन हुनसक्ने विषयमा आवश्यक निर्णय लिन विलम्ब किन भएको हो ? यसको ठोस जवाफ महासंघले खोजेको छ,’ ध्यानाकर्षणपत्रमा उल्लेख छ ।

पुराना सहमति र ऐनले सम्बोधन गर्नुपर्ने माग सहित २४ बुँदे सूची समेत मन्त्रालयमा बुझाइएको महासंघले जनाएको छ ।

हेर्नुहोस् ध्यानाकर्षणपत्र :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?