+
+
Shares

तीनकुने घटनामा ज्ञानेन्द्रलाई जवाफदेही बनाउनुपर्छ : एमाले

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २९ गते १३:१७
फाइल तस्वीर

२९ चैत, काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनप्रति पूर्वराजा ज्ञानेन्द शाह जवाफदेही हुनुपर्ने बताएको छ ।

शुक्रबार प्रतिनिधि सभा अन्तरगतको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा एमालेका मुख्य सचेतक महेश बर्तौलाले पूर्वराजा ज्ञानेन्द्रको अभिव्यक्ति समेतको पृष्ठभुमिमा तीनकुने घटना भएको जिकिर गरे ।

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावदी प्रदर्शनका क्रममा दुई जनाको ज्यान गएको थियो भने निजी र सार्वजनिक सम्पतिमा क्षति पुगेको थियो ।

‘त्यो घटनाको अनुसन्धान प्रक्रियामा पूर्वराजालाई पनि कहीँ न कहीँ जवाफदेहितामा ल्याइनुपर्छ,’ बर्तौलाले भने, ‘उहाँलाई पनि प्रश्नको दायरामा, जवाफदेहिताको दायरामा ल्याउनुपर्छ ।’

शुक्रबारको समितिको बैठकमा गृहमन्त्री रमेश लेखकसहित सुरक्षा निकायका अधिकारीहरू पनि सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?