+
+
Shares

‘समर लभ’का हिरोलाई लिएर ‘आमिगोस’ बन्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २९ गते १३:४५
कलाकार आशिष पिया बीचमा ।

काठमाडौं । ५ वर्षअघि आशिष पियाले सुविन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’मा आधारित फिल्म ‘समर लभ’बाट अभिनयमा डेब्यु गरे । उनै आशिष अब फिल्ममा फर्किने तयारीमा छन् ।

उनको शीर्ष भूमिका हुने फिल्म ‘आमिगोस’को छायांकन भदौदेखि नेपाल र अस्ट्रेलियामा हुनेछ । स्पेनी भाषामा आमिगोसको अर्थ साथीहरू भन्ने हुन्छ । यसको अर्थ, बन्न लागेको फिल्म मित्रताको कथामा आधारित हुनेछ ।

यो फिल्मको पटकथा लेखन र निर्देशन मार्केन्डय दिपविम बस्नेतले गर्नेछन् । उनी पनि करिव एक दशकपछि नेपाली लेखन र निर्देशनमा फर्किने तयारीमा छन् । उनले यसअघि ‘सौर्य’ र ‘द्रव्य’को लेखन तथा निर्देशन गरेका थिए ।

बस्नेत निर्देशित फिल्म ‘सौर्य’मा चर्चित दिवंगत र्‍याप गायक यमबुद्धले गीत गाएका थिए ।

बीएस इन्टरनेसनल स्टुडियोको व्यानरमा निर्माण हुने ‘आमिगोस्’लाई लभस्टोरी जनरामा बनाउन लागिएको बुझिएको छ । यो फिल्मलाई पहिलोपटक विकास आचार्यले निर्माण गर्दैछन् ।

सुरेन्द्र रावल सहनिर्माता रहेको फिल्मको अष्ट्रेलियामा ७० प्रतिशत र नेपालमा ३० प्रतिशत छायांकन गरिनेछ । अहिले २ मुख्य कलाकारको खोजी भैरहेको निर्माण टिमले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?