+
+
Shares

दुर्गा प्रसाईंको म्याद थपका लागि बहस सकियो, केहीबेरमा आदेश आउने

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २९ गते १५:०९

२९ चैत, काठमाडौं । तीनकुने घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई म्याद थपका बहस सुरु भएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा प्रसाईं र उनका बडिगार्ड दीपक खड्काको म्याद थपका लागि बहस भएको हो ।

अदालत स्रोतका अनुसार बहस सकिइसकेको छ । अबको केहीबेरमा उनीहरूविरुद्ध म्याद थपको आदेश आउनेछ ।

प्रहरीले कम्तीमा १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्नका लागि माग गरेको हो । उनीसँगै पक्राउ परेका बडिगार्ड दीपक खड्कालाई पनि १२ दिन हिरासतमा राख्न प्रहरीले माग गरेको छ ।

यसअघि गत २६ चैतमा सोही प्रदर्शनमा पक्राउ परेका राप्रपाका नेताहरू रवीन्द्र मिश्र र धवलशमशेर जबरालाई १५ दिन हिरासतमा राख्न म्याद थप भएको थियो ।

उनीहरूसँगै म्याद मिलान गर्नका लागि १२ दिनको म्याद थप गर्नका लागि समय मागिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

भारतबाट पक्राउ परेका प्रसाईंलाई आजै जिल्ला प्रहरी परिसर काठमाडौं ल्याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?