+
+
Shares

श्रम र रोजगार प्रवर्द्धनमा साझेदारी आवश्यक : श्रममन्त्री

नागरिकलाई एकीकृत तवरले स्थानीय तहको नेतृत्वमा सबै श्रम तथा रोजगार सेवा प्रवाह हुने गरी तीनै तहको सरकारका साझा नीति तथा रणनीति तयारी अन्तिम चरणमा रहेको मन्त्री भण्डारीले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २९ गते १७:२२

२९ चैत, काठमाडौं । श्रम तथा रोजगार क्षेत्रमा संगठित र समन्वयात्मक हिसाबमा काम गर्न नेपाल सरकारले आन्तरिक रोजगार प्रवर्द्धन दशकको रणनीतिक योजना तयार गर्नुपरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले बताएका छन् ।

स्विस कन्ट्याक्टको स्टेपअप परियोजना समापनमा बोल्दै श्रममन्त्री भण्डारीले नेपाल र नेपालीको समृद्धि नेपालीकै हातमा रहेको बताए ।

उनले नयाँ र प्रभावकारी तवरले इमान्दारीपूर्वक काम गर्नुपर्ने अवस्था रहेको बताए ।

रोजगार र आर्थिक विकास एकापसका परिपूरक रहेको बताउदै आगामी दशकमा नेपाल सरकारले श्रमिकको माग सिर्जना, दक्ष श्रमिक आपूर्ति र आर्थिक विकासका लागि श्रम बजार प्रवर्द्धन गर्नेजस्ता सबै रोजगार शृङ्खलामा श्रम मन्त्रालयले काम गर्ने योजना रहेको बताए ।

नागरिकलाई एकीकृत तवरले स्थानीय तहको नेतृत्वमा सबै श्रम तथा रोजगार सेवा प्रवाह हुने गरी तीनै तहको सरकारका साझा नीति तथा रणनीति तयारी अन्तिम चरणमा रहेको बताए ।

संविधानको समन्वय, सहकार्य र सहअस्तित्वका आधारमा स्विस कन्ट्याक्टको प्राविधिक सहयोगमा निर्मित कोशी सरकारको श्रम संसार डिजिटल पोर्टललाई अन्तर्राष्ट्रिय श्रम दिवशदेखि सबै स्थानीय तहमा विस्तार हुने जानकारी दिँदै मन्त्री भण्डारीले अन्तरतह अन्तरनिकाय समन्वय र सहकार्यलाई व्यापकता दिने उल्लेख गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?