+
+
Shares

संसद्को पहिलो दिन शिक्षकका माग सम्बोधन हुनेगरी सहमति खोजौं : शर्मा

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २९ गते १८:४६

२९ चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आन्दोलनरत शिक्षकहरूको माग संसद् बस्ने पहिलो दिन सम्बोधन गर्नेगरी सहमति खोज्नुपर्ने बताएका छन् ।

शिक्षक महासंघको नेतृत्वमा २० चैतदेखि शिक्षकहरूले सरकारसँग आफ्ना माग पूरा गराउन निरन्तर प्रदर्शन गर्दैै आएका छन् ।

दाङमा शुक्रबार भएको कांग्रेसको कार्यक्रममा बोल्ने क्रममा महामन्त्री शर्माले शिक्षकको आन्दोलन र सम्बोधन गर्नुपर्ने सात बुँदा राखेका छन् । महामन्त्री शर्माले अध्यादेश ल्याएर शिक्षकका मागहरू पूरा गर्दा संवैधानिक प्रश्न उठ्ने बताए ।

‘प्रक्रियामा थप १ महिना अरु समय लाग्दा फरक पर्दैन । शिक्षक महासंघ संसदीय समितिमा विचाराधीन विधेयकलाई अध्यादेशमार्फत जारी गर्दा निश्चयनै संवैधानिक र कानुनी प्रश्न उठ्छ भन्ने वास्तविकताप्रति स्पष्ट रहनुपर्छ,’ शर्माले भने ।

विधेयक संसद्को आगामी अधिवेशन शुरु हुने पहिलो दिन नै पेश गर्नेगरी सहमतिमा खोज्नुपर्ने उनले बताए ।

शिक्षा विधेयक समयमै संसदीय समितिबाट पारित गरेर अघि बढ्न भएको ढिलाइमा एक दलले अर्को दललाई दोष लगाएर हामी उम्किन नमिल्ने महामन्त्री शर्माले बताए । महामन्त्री शर्माले शिक्षकका माग सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले तदरुकता लिनुपर्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?