+
+
Shares

विश्वप्रकाश भन्छन्- शिक्षकका माग संसद् बस्ने पहिलो दिन सम्बोधन हुने गरी सहमति खोजौं

नेपाली कांग्रेसका महामन्त्री शर्माले शिक्षकका माग सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले तदरुकता लिनुपर्ने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २९ गते १८:५०

२९ चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आन्दोलनरत शिक्षकहरूका माग संसद् बस्ने पहिलो दिन सम्बोधन गर्ने गरी सहमति खोज्नुपर्ने बताएका छन् । शिक्षक महासंघको नेतृत्वमा २० चैतदेखि शिक्षकहरूले सरकारसँग आफ्ना माग पूरा गराउन निरन्तर प्रदर्शन गर्दैै आएका छन् ।

दाङमा शुक्रबार भएको नेपाली कांग्रेसको कार्यक्रममा बोल्दै महामन्त्री शर्माले शिक्षकको आन्दोलन र सम्बोधन गर्नुपर्ने सातबुँदा राखे । महामन्त्री शर्माले अध्यादेश ल्याएर शिक्षकका माग पुरा गर्दा संवैधानिक प्रश्न उठ्ने बताए ।

‘प्रक्रियामा थप १ महिना अरु समय लाग्दा फरक पर्दैन । शिक्षक महासंघ संसदीय समितिमा विचाराधीन विधेयकलाई अध्यादेश मार्फत जारी गर्दा निश्चय नै संवैधानिक र कानुनी प्रश्न उठ्छ भन्ने वास्तविकता प्रति स्पष्ट रहनुपर्छ,’ शर्माले भने ।

विधेयक संसद्को आगामी अधिवेशन शुरु हुने पहिलो दिन नै पेश गर्ने गरी सहमतिमा खोज्नुपर्ने उनले बताए । शिक्षा विधेयक समयमै संसदीय समितिबाट पारित गरेर अघि बढ्न भएको ढिलाइमा एक दलले अर्को दललाई दोष लगाएर हामी उम्किन नमिल्ने महामन्त्री शर्माले बताए ।

महामन्त्री शर्माले शिक्षकका माग सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले तदरुकता लिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?