+
+
Shares

म्याकडोडो ब्रान्डका ५ नयाँ प्रडक्ट सार्वजनिक

म्याकडोडोले सीएच–४११० स्मार्ट चार्जर, सीएच–४०२०/४०२१ पोर्टेबल फास्ट चार्जर, एचपी–४४९० इयरबड, एचपी–१४४० हेडफोन तथा बीएस–१४१० वायरलेस स्पीकर सार्वजनिक गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २९ गते १८:५४

काठमाडौं । विश्वप्रसिद्ध एसेसरिज ब्रान्ड ‘म्याकडोडो’ ले नेपाली बजारमा पाँच नयाँ प्रडक्ट सार्वजनिक गरेको छ ।

म्याकडोडोले सीएच–४११० स्मार्ट चार्जर, सीएच–४०२०/४०२१ पोर्टेबल फास्ट चार्जर, एचपी–४४९० इयरबड, एचपी–१४४० हेडफोन तथा बीएस–१४१० वायरलेस स्पीकर सार्वजनिक गरेको हो ।

सीएच–४११० मोडेलको स्मार्ट चार्जरमा लचिलो केबुल भएकाले सजिलै फोन चार्ज गर्न सकिन्छ । यसमा जीएएन टेक्नोलोजी प्रयोग गरिएको छ, जसले गर्दा फोन छिटो र सुरक्षित तरिकाले चार्ज हुने कम्पनीले जनाएको छ ।

त्यस्तै यसले तापक्रम नियन्त्रण गर्नुका साथै बढी भोल्टेज वा बढी करेन्ट प्रवाहबाट पनि जोगाउँछ भने एन्टिइन्टरफेरेन्स र सर्ट सर्किट प्रोटेक्सन सुविधा पनि छ । यो आकर्षक चार्जरको मूल्य ६ हजार १ सय रुपैयाँ तोकिएको छ ।

म्याकडोडोको सीएच–४०२०–४०२१ पोर्टेबल फास्ट चार्जरमा २० वाटको १सी फास्ट चार्जिङ टेक्नोलोजी रहेको छ जसले तपाईंको आईफोन ८ देखि १४ सिरिजसम्मका आईफोनलाई ४ गुणासम्म छिटो चार्ज गर्दछ । सेतो र कालो गरी दुई रङमा उपलब्ध यो चार्जरमात्र २ हजार १ सयमा उपलब्ध छ ।

त्यस्तै एचपी–४४९० मोडेलको स्लिप मोड इयरबड सार्वजनिक गरेको छ । अल्ट्रा थिन डिजाइनमा उपलब्ध उक्त इयरबड विशेषगरी निदाउँदा पनि लगाउन मिल्ने गरी बनाइएको छ ।

यसमा ६ घण्टाको प्लेब्याक टाइम रहेको छ र चार्जिङ केसको प्लेब्याक टाइम २१ घण्टा रहेको छ । यसमा १२ महिनाको वारेन्टी छ भने मूल्य ३ हजार ४ सय रुपैयाँ तोकिएको छ ।

त्यस्तै एचपी–१४४० हेडफोनमा एक्टिभ न्वाइज क्यान्सिलेसन टेक्नोलोजी रहेको छ जसबाट उत्कृष्ट म्युजिक वा गेमिङको आनन्द लिन सकिन्छ । यसमा ६० देखि ७० घण्टाको ब्याट्री लाइफ छ भने एक्टिभ न्वाइज क्यान्सिलेसन मोडको टाइम ३० देखि ३५ घण्टा छ ।

साथै, यसमा वायरलेस कनेक्टिभिटीका लागि ब्लुटुथ ५.३ छ भने स्टेबल कनेक्सन रुचाउनेका लागि वायर्ड अप्सनमा पनि उपलब्ध छ । उक्त हेडफोनमा एलईडी डिस्प्ले, भोलुम कन्ट्रोल तथा आईपीएक्स–३ वाटरप्रुफ स्ट्यान्डर्ड छ । यो हेडफोनमा पनि १२ महिनाको वारेन्टी छ भने ६ हजार ५ सय रुपैयाँमा उपलब्ध छ ।

त्यस्तै बीएस–१४१० मोडेलका पोर्टेबल वायरलेस स्पिकर पनि सार्वजनिक गरेको छ । आइपीएक्स४ वाटरप्रुफ, ह्यांगिङ स्ट्याप, डायाफाम, डुअल फाइभ डब्लु स्पिकर, ५ं.१ ब्लुटुथ, १२०० एमएएच लगायत विशेषता उक्त वायरलेस स्पीकरमा छ । यसमा पनि १२ महिनाको वारेन्टी छ भने ५ हजार ४ सय रुपैयाँमा उपलब्ध छ ।

म्याकडोडोले नयाँ वर्षलाई लक्षित गर्दै १ देखि १० वैशाखसम्म यी पाँच प्रडक्टमा १० प्रतिशत छुट दिने छ । ग्राहकले देशभरि रहेका विभिन्न खुद्रा विक्रेता पसल, अनलाइन मार्केटप्लेस दराज तथा खल्ती एपबाट म्याकडोडोका एसेसरिज सजिलै खरिद गर्न सक्नेछन् । नेपालका लागि उक्त ब्रान्डको आधिकारिक विक्रेता एडुटेक इन्टरनेसनल प्रालि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?