+
+
Shares

आयोगले भन्यो : निजगढ विमानस्थल निर्माण अविलम्ब अगाडि बढाऊ

नेपालको नागरिक उड्डयन क्षेत्रलाई दीर्घकालीन रूपमा सुरक्षित र भरपर्दो तथा सहज बनाउन निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब बढाउनुपर्ने आयोगको सुझाव छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २९ गते १८:५८

२९ चैत, काठमाडौं । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया तत्काल अगाडि बढाउन सुझाव दिएको छ ।

नेपालको नागरिक उड्डयन क्षेत्रलाई दीर्घकालीन रूपमा सुरक्षित र भरपर्दो तथा सहज बनाउन निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब बढाउनुपर्ने आयोगको सुझाव छ ।

आयोगले नेपालको एकमात्र पूर्णरूपमा सञ्चालनमा आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धि गर्न भौतिक पूर्वाधार निर्माण गर्न भनेको छ ।

साथै, नवनिर्मित दुई अन्तर्राष्ट्रिय विमानस्थल पोखरा र भैरहवाको पूर्ण सञ्चालनका लागि गत साउनमा स्वीकृत भएको कार्ययोजना पूर्णरूपमा कार्यान्वयन गर्न भनिएको छ ।

प्रमुख पर्यटन गन्तव्य काठमाडौं–चितवन, पोखरा–लुम्बिनी, भैरहवा–बर्दिया सडकलाई कम्तीमा चार लेनमा यथाशक्य छिटो निर्माण गरिसक्न समेत आयोगले भनेको छ ।

नेपालमा विदेशी पर्यटकले अपार्टमेन्ट खरिद गर्न सक्ने प्रावधान ल्याउन समेत सुझाव दिइएको छ ।

नेपाल वायुसेवा निगमको संरचनात्मक सुधार गरी रणनीतिक साझेदार भित्र्याउने र नेपालबाट क्षेत्रीय उडान संख्या बढाउन समेत सुझाव दिइएको छ ।

अमेरिका, अस्ट्रेलिया, क्यानडा, जापान, युरोप, जापान र कोरियामा सिधा हवाई सम्पर्क स्थापित गर्न सुझाव दिइएको छ । यी गन्तव्यमा धेरै नेपाली बसोबास गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?