+

एनभीए अवार्ड : रविन र निरुता वर्ष खेलाडी

२०८१ चैत  ३० गते ९:३० २०८१ चैत ३० गते ९:३०
एनभीए अवार्ड : रविन र निरुता वर्ष खेलाडी

३० चैत, काठमाडौं । पाँचौं एनभीए अवार्ड २०८१ मा नेपाल पुलिस क्लबका रविन चन्द र नेपाल एपीएफ क्लबकी निरुता ठगुन्नाले वर्षका उत्कृष्ट खेलाडीको अवार्ड जितेका छन्। ने

पाल भलिबल संघ (एनभीए) द्वारा आयोजित कार्यक्रमा रविनले पुरुष र निरुताले महिला तर्फको उत्कृष्ट खेलाडीको अवार्ड पाए। दुवै जनाले ५० हजार रुपैयाँ पुरस्कार पनि प्राप्त गरे।

उदीयमान खेलाडीको अवार्ड पुरुषमा पुलिस क्लबका पहल गहतराज र महिलामा न्यू डायमण्ड क्लबकी सुमित्रा रेग्मीले पाए। उनीहरूले पनि ५० हजार रुपैयाँ पुरस्कार पाए।

वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड पुरुष टिमतर्फ एपीएफ क्लबका महेश चौधरी र महिला टिमतर्फ पुलिस क्लबका रुपेश विष्टले जिते। उनीहरूलाई पनि ५० हजार रुपैयाँ दिइयो।

वर्ष उत्कृष्ट टिमको अवार्ड पुरुषतर्फ एपीएफ क्लब र महिलातर्फ पुलिस क्लबले जिते। दुबै टिमलाई २ लाख रुपैयाँ पुरस्कार प्रदान गरियो।

गत वर्षको काभा यू–२० च्याम्पियनसिपमा उपविजेता बनेको पुरुष टिमलाई ४ लाख ५० हजार रुपैयाँ दिइयो।

कार्यक्रममा नेपाली महिला राष्ट्रिय टिमकी पूर्व कप्तान विनिता बुढाथोकीलाई ५० हजार रुपैयाँसहित सम्मान गरियो।

साथै, मेरोखेल डटकमकी सह–सम्पादक लक्ष्मी शाक्यलाई पनि पत्रकारिता पुरस्कारस्वरूप ५० हजार रुपैयाँ दिइयो।

५० वर्षपछि जापानबाट नेपाल फर्किएका पूर्व प्रशिक्षक हाराउ हाइसोलाई सम्मान गरियो भने नेपाली भलिबलको विकासमा योगदान पुर्याउने २३ संघलाई पनि सम्मान गरिएको छ।

एनभीए अवार्ड

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय