
३० चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस सत्तामा भए पनि सरकारमा नभएको दोहोर्याएका छन् ।
वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको १७औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले आफूले पटकपटक दोहोर्याएको बताउँदै फेरि स्मरण गराएको बताए ।
पार्टी सभापति शेरबहादुर देउवासैगै रहेका कोइरालाले अहिले सहकार्य भएको एमाले नै कांग्रेसको प्रतिस्पर्धी भएकोले सरकारलाई खबरदारी गर्नु पर्ने बताए ।
‘पटक-पटक भन्ने गरको छु । हामी सत्तामा छौं, सरकारमा छैनौं है । किनभने प्रतिस्पर्धी एमाले नै हो । एमालेसित सहर्काय गरेर अगाडि बढिराखेका छौं ‘, उनले अघि भने, ‘कही यो सरकारले गलत गरेको छ कि कमजोरी गरेको छ कि भनेर हामीले उहाँहरुलाई वार्न गर्नपर्छ । गरेनौ भने अप्ठेरोमा पर्न सक्छौं ।’
उनले कांग्रेस-एमाले गठन हुँदा भएको संविधान संशोधनको विषयलाई पनि उठाएका छन् । संविधान संशोधन गर्ने भन्ने कुरा सेलाएको बताउँदै उनले ढिला नगर्न सुझाव पनि दिए । ‘संविधान पुनर्वलोकन गर्ने कुरा हो । यसमा ढिलाई नगरौं,’ उनले भने , ‘ढिलाइ भए सडक आक्रोशित हुन्छ ।’
उनले सुशासन र भ्रष्टाचार नियन्त्रणको नारा लिइएको भए पनि यो दुवै नभएको र दण्डहीनता बढिरहेको भन्दै असन्तुष्टि व्यक्त गरे
प्रतिक्रिया 4