+
+
Shares

वैशाख पहिलो साता कर्णाली एजुकेशन एक्स्पो हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ३० गते १२:२५

३० चैत, काठमाडौँ । नयाँ वर्षको शुभारम्भसँगै सुर्खेतको बिरेन्द्रनगरमा शिक्षासम्बन्धी विशेष प्रदर्शनी हुने भएको छ ।

सो अवसरमा शिक्षाविज्ञ, जनप्रतिनिधि, अभिभावक र विद्यार्थीहरुबीच शिक्षाको नीतिगत व्यवस्था, कर्णालीको शैक्षिक अवस्था र समाधानका विकल्पका बारेमा कार्यशाला समेत सञ्चालन गरिनेछ ।

कर्णाली विकास केन्द्रको पहलमा बिरेन्द्रनगर नगरपालिका र कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको सहकार्यमा तीन दिने प्रदर्शन हुन लागेको हो ।

कर्णाली विकास केन्द्रका अध्यक्ष नवीन जैसीका अनुसार अन्य विभिन्न क्षेत्रजस्तै शिक्षाका पनि कर्णालीको अवस्था निकै जटिल छ । यसबारे बृहत अन्तरक्रिया तथा विचार मन्थन गर्न लागिएको हो ।

वैशाख ३, ४ र ५ गते हुने प्रदर्शनी तथा अन्तरक्रिया कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री, पूर्वमुख्यमन्त्री, मध्यपश्चिम विश्वविद्यालयका पूर्व उपकूलपतिको विशेष बहस हुनेछ ।

विभिन्न पक्षबाट कर्णालीको शैक्षिक अवस्थाको विश्लेषण गरिनेछ । शैक्षिक सूचकहरु प्रस्तुत गर्ने, कर्णालीबाट उच्च शिक्षा हासिल गर्न बाहिर जानेहरुको अवस्था, कर्णालीमा सीमान्तकृत समुदाय र शारीरिक अपाङ्गता भएका बालबालिकाहरुको अवस्था र उनीहरुको शिक्षाको अवस्था र त्यसको विकल्पका बारेमा छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?