+

पब्जी मोबाइल ग्लोबल ओपन : नेपालको नेप्क्स फाइनल चरणमा, टीटूके बाहिरियो

२०८१ चैत  ३० गते १३:५३ २०८१ चैत ३० गते १३:५३

प्रारम्भिक चरणमा नेपालको दुईसहित एसियाबाट ४, युरोपबाट ३, मिडल इस्टबाट ३ तथा नर्थ अमेरिका र साउथ अमेरिकाबाट १–१ टोलीले प्रतिस्पर्धा गरेका थिए ।

पब्जी मोबाइल ग्लोबल ओपन : नेपालको नेप्क्स फाइनल चरणमा, टीटूके बाहिरियो

३० चैत, काठमाडौं । नेपाली टिम नेप्क्स उज्वेकिस्तानमा जारी पब्जी मोबाइल ग्लोबल ओपनको फाइनल चरणमा प्रवेश गरेको छ । अर्को टिम ट्रेन टु किल (टीटूके) भने प्रारम्भिक चरणबाट बाहिरिएको छ ।

यही १० अप्रिलदेखि सुरु भएको प्रारम्भिक चरणमा नेपालबाट दुईसहित कूल १६ टोलीले प्रतिस्पर्धा गरेका थिए । जसमा नेप्क्स ३ अंकले शीर्ष सातमा रहन सफल हुँदै अन्तिम चरणमा प्रवेश गरेको हो ।

नेप्कसले ७२ अंक स्कोर गरेर सातौं भएको थियो । टीटूके भने ५५ अंक स्कोर गर्दै १२औं स्थानमा रह्यो ।

प्रारम्भिक चरणमा नेपालको दुईसहित एसियाबाट ४, युरोपबाट ३, मिडल इस्टबाट ३ तथा नर्थ अमेरिका र साउथ अमेरिकाबाट १–१ टोलीले प्रतिस्पर्धा गरेका थिए ।

यस्तै, उज्वेकिस्तान क्वालिफायर फाइनल्स राउन्डको दोस्रोदेखि पाँचौं हुनेले पनि प्रारम्भिक चरणमा प्रतिस्पर्धा गरेका थिए । अब अन्तिम चरणमा पनि १६ टोलीले नै प्रतिस्पर्धा गर्नेछन् । जसमा प्रारम्भिक चरणबाट छनोट भएका ७, उज्वेकिस्तान क्वालिफायर फाइनल चरणको विजेता र अन्तिम चरणमा सीधै इन्भाइटेसन पाएका ८ टिम रहनेछन् ।

टीटूके ट्रेन टु किल नेप्क्स पब्जी मोबाइल पब्जी मोबाइल ग्लोबल ओपन

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय