+
+
Shares

बबरमहलको सडकमा बसेरै शिक्षकहरूको प्रदर्शन, सवारी आवागमन प्रभावित

बबरमहल–बानेश्वर सडक खण्डमा शिक्षकहरूले बसेरै प्रदर्शन गर्दा सवारी आवागमन प्रभावित भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ३० गते १४:१७

३० चैत, काठमाडौं । आन्दोलनरत शिक्षकहरूको आज पनि प्रदर्शन जारी राखेका छन् । गत चैत २० गतेदेखि प्रदर्शन गरिरहेका शिक्षकहरू शनिबार (आज) सडकमै बसेर प्रदर्शन गरिरहेका छन् ।

बबरमहल–बानेश्वर सडक खण्डमा शिक्षकहरूले बसेरै प्रदर्शन गर्दा सवारी आवागमन प्रभावित भएको छ ।

‘माइतीघर मण्डलाको बबरमहल जाने तर्फको पूरै सडकमा बसेर प्रदर्शन गरिरहेका छौं,’ आन्दोलनमा सहभागी शिक्षक पूर्ण ब्लोनले भने, ‘सडक पूरै ब्लक छ । सवारी साधन चलेको छैन ।’

शिक्षक महासंघको नेतृत्वमा आन्दोलन भइरहेको हो । महासंघले आन्दोलन र वार्ता सँगसँगै लगेको छ ।

बिहीबार र शुक्रबार वार्ता भएको थियो । आज पनि वार्ताको तयारी भइरहेको शिक्षा मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मुख्य मागसहित शिक्षहरू सडक आन्दोलनमा उत्रिएका हुन् । यससँगै माध्यमिक शिक्षा परीक्षा (एसईई) को पुस्तिका जाँच पनि प्रभावित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?