+
+
Shares

विद्यालय शिक्षा विधेयकमा आज पनि दफावार छलफल जारी

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ३० गते १५:०५

३० चैत, काठमाडौं । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको उपसमितिमा विद्यालय शिक्षा विधेयकमाथि दफावार छलफल जारी छ ।

सिंहदरबारस्थित समितिको हलमा शनिबार (आज) पनि उपसमितिको बैठक बसिरहेको हो ।

शिक्षकहरूले शिक्षा ऐन जारी गर्न माग गर्दै सडक आन्दोलन गरिरहेकाले उपसमितिले द्रूत गतिमा दफावार छलफल गरिरहेको हो ।

‘आज शनिबार पनि उपसमितिको बैठक राखेर काम गरिरहेका छौँ,’ उपसमिति सदस्य सरिता भुसालले भनिन् ।

समिति बैठक लगातार बसिरहेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईसहित मन्त्रालयको टोली र उपसमितिका संयोजक छविलाल विश्वकर्मा सहितको समितिले विधेयकमा काम गरिरहेको छ ।

निजी विद्यालय र शिक्षकका विषयबाहेक अरु दफामा सहमति जुटिसकेको छ । सरकार र शिक्षक महासंघबीच वार्ता चलिरहेकाले अघिल्लो वर्ष भएको सहमति र यसपटक हुने सहमतिको आधारमा निर्णय लिन शिक्षकका विषय होल्ड गरिएको हो ।

सरकार र महासंघबीच सहमति भएपछि शिक्षकका विषयमा छलफल हुने बताइएको छ ।

विधेयकमा १७ सय ५८ वटा संशोधन परेको छ । यी संशोधनसँगै ७ वटा प्रदेशको प्रतिवेदन, विज्ञको सुझावसहित दफावार छलफल भइरहेको छ ।

उपसमितिले सहमति जुटाएका विषय भने सार्वजनिक गरिएको छैन । ३५ दिनको समय पाएको उपसमितिले प्रतिवेदन तयार पारेर समितिमा पेस गर्ने बताइएको छ । शिक्षा विधेयक २०८० भदौ २७ मा संसदमा दर्ता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?