+
+
Shares

ओलीको चिन्ता- झापामा हामीबाहेक कसैले जित्ने सम्भावना थिएन, आज कमजोर देखियो

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ३० गते १५:३७

३० चैत, काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्लामा पार्टीका संगठनहरू कमजोर हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

गृहनगर दमकमा आयोजित जागरण सभालाई सम्बोधन गर्दै उनले नयाँ जोश, जाँगरका साथ अगाडि बढ्न नेता कार्यकर्तालाई निर्देश गरेका छन् ।

‘नेकपा एमालेको उद्गम जिल्ला हो, झापा । यो ठाउँ कसैले स्ववियु निर्वाचन जित्दैन थियो । हामीले बनाएका हौं । क्याम्पस र विद्यालयमा स्ववियु गठन गर्दा गिरफ्तार भएका थियौं,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘…गिरफ्तार भएर जेलमा बस्दा, हिरासतमा बस्दा त्यहाँबाट कसैले यो जिल्लामा जित्ने भन्ने त सम्भावनै थिएन । त्यो ठाउँबाट आज नेकपा एमाले प्रगति गर्नुको सट्टा कमजोर अवस्थामा देखिएको छ ।’

कोशी प्रदेश जागरणको प्रदेश भएको भन्दै जनता जागरुक हुनुपर्ने अवस्था भएको बताए ।

‘यो प्रदेश जागरको प्रदेश हो । यहाँका जनता अत्यन्तै जागरुक प्रदेश हो । शिक्षामा सबैभन्दा अगाडि भएको जिल्ला हो । आज व्यवहारमा प्रतिफल प्राप्त भएको छैन,’ ओलीले भने, ‘यसमा नेकपा एमाले सजक हुनुपर्ने भएको छ । आफ्ना कमिटीलाई चुस्त दुरुस्त रुपमा अघि बढाउनुस् । सक्रिय रुपमा परिचालन गर्नुस् । जनवर्गीय संगठन शीरमा लगाउने ताज मात्रै होइनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?