+
+
Shares

एनएसएल २०२५ : बराबरीले पोखरा र झापालाई घाटा

आजै दोस्रो स्थानको ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसीबीच साँझ ६ बजे खेल हुँदैछ । उक्त खेलमा जिते ललितपुर प्लेअफ पुग्नेछ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ३० गते १६:११

३० चैत, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५ मा झापा एफसीले लगातार चौथो बराबरी खेलेको छ । शनिबार भएको खेलमा झापाले पोखरा थण्डर्ससँग १–१ को बराबरी खेल्दै अंक बाँडेको छ ।

बराबरीपछि पोखरा ५ खेलबाट ५ अंक जोडेर चौथो स्थानमा उक्लेको छ । काठमाडौं समान अंक भए पनि पोखरा गोलअन्तरमा अघि रहेको हो । यस्तै, झापा ४ खेलबाट ४ अंकसहित छैटौं स्थानमै छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा दुवै गोल दोस्रो हाफमा भएको थियो । स्टेफेन सिमर विनोङले ५२औं मिनेटमा गोल गर्दै पोखरालाई पहिले अग्रता दिलाएको थियो । तर त्यसलाई कायम राख्न सकेन ।

झापाका लागि लाजार अर्सिकले ६५औं मिनेटमा बराबरी गोल फर्काए । त्यसपछि भने दुवै गोल टिमले गोल थप्न नसक्दा बराबरीमा चित्त बुझाए ।

आजै दोस्रो स्थानको ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसीबीच साँझ ६ बजे खेल हुँदैछ । उक्त खेलमा जिते ललितपुर प्लेअफ पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?