
३० चैत, काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले मान्छेले आफ्नो जीवनमा देखे, भोगेका विविध आयामहरूलाई भाषा र शिलशिला मिलाएर लेख्नु नै साहित्य भएको बताएकी छिन् ।
शनिबार काठमाडौंमा आयोजित साहित्यकार गोपाल पाण्डेको पुस्तक विमोचन कार्यक्रममा उनले पुस्तक लेख्दा भाषागत रुपमा पठनीय हुनुपर्ने बताइन् ।
‘साहित्य भन्ने कुरा जहाँसम्म मलाई लाग्छ मान्छेले जीवनमा जे भोगेको हुन्छ, मान्छेले जे अनुभुति गरेको हुन्छ । मान्छेले जे देखेको हुन्छ, जल्लाई पर्सेप्सन भन्छ त्यसैलाई भाषा मिलाएर एउटा राम्रो पठनीय हिसाबबाट लेख्यो भने त्यो साहित्य हुन्छ,’ कार्कीले भनिन् ।
आम नेपालीको जीवनयापनका क्रममा भोगेका अनुभवको संगालोमा साहित्यक पुस्तकहरू लेख्न सकिने उनको भनाइ थियो । पाण्डे परिवार साहित्य लेखनमा मात्रै नभइ देशलाई माथि उकास्ने खान्दानी परिवारको रुपमा चिनिएको उनले बताइन् ।
‘उहाँ (गोपाल पाण्डे) ले आफ्नो दुःख सुख गरेर हाम्रो आम नेपालीहरूको लाइफै के छ र पहाडतिर बस्ने उकालो ओरालो हिड्यो भुटेको मकै खायो, भटमास खायो । हाम्रो पिँढीले त त्यही नै भोगेको हो । त्यो बेलाको उहाँले यो पुस्तकमा पूरा जीवन लेख्नुभएको छ,’ उनले भनिन्, ‘यो हेर्दा के देखिन्छ भने एउटा पाण्डे परिवार खान्दानीया बलियो, नेपाली समाजलाई, मुलुकलाई उकास्ने गोपाल असिम पाण्डे भनेपछि कस्ले नचिन्ने र ? गाउँ सेवा नै देशको सेवा हो भनेर आफ्नो अन्तरमनको भावनालाई प्रतुत गर्नुभएको छ ।’
प्रतिक्रिया 4