
भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युवले आफ्नो प्लाटफर्ममा सर्जकहरूको लागि एक नयाँ आर्टिफिसियल इन्टेलिजेन्स सुविधा ल्याएको छ । यो फिचरको उपयोग गरेर अब कन्टेन्ट क्रिएटरहरूले आफ्नो भिडियोका लागि कस्टम इन्स्ट्रुमेन्टल म्युजिक अर्थात् आफूले चाहेको धुन अनुसारको वाद्यवादन संगीत आफैले सिर्जना गर्न सक्नेछन् ।
यो नयाँ टुल युट्युव स्टुडियोको क्रिएटर म्युजिक ट्याबभित्र हुनेछ र सबै प्रयोगकर्ताका लागि निःशुल्क रुपमा उपलब्ध हुनेछ । यो फिचरलाई विस्तारै सबै प्रयोगकर्तामाझ पूराउने योजना युट्युबको छ ।
अर्थात् सबै युट्युव प्रयोगकर्तासम्म यो फिचर उपलब्ध हुन केही दिन लाग्नसक्छ ।
के हो युट्युवको एआई संगीत सिर्जना टुल ?
युट्युबले यो फिचरको जानकारी आफ्नो क्रिएटर इन्साइडर च्यानलमा एक भिडियोका माध्यमबाट दिएको छ । यो एआई टुलको उद्देश्य भनेको सर्जकहरूलाई धेरै खालका तथा उत्कृष्ट ढंगका इन्स्ट्रुमेन्टल म्युजिक उपलब्ध गराउनु हो, जसलाई प्रयोगकर्ताले कपिराइटको चिन्ता नगरीकनै आफ्ना भिडियोमा जोड्न सकुन ।
क्रिएटर म्यूजिक ट्याबमा नयाँ परिवर्तन
उसो त Creator Music ट्याबमा पहिलेदेखि नै कपिराइटमुक्त संगीत लाइब्रेरी उपलब्ध छ । यसमा प्रयोगकर्ताले genre, mood, vocals, BPM, duration आदिको आधारमा संगीत खोज्न सक्दछन् ।
यद्यपि त्यहाँका केही संगीत प्रयोग गर्नका लागि शुल्क तिर्नुपर्दछ । अब सोही ट्याबमा एआईमा आधारित Music Assistant नामक एक नयाँ खण्ड थप भएको छ ।
यसमा जेमिनी स्पार्कल आइकनसँगै एउटा पेज हुनेछ, जहाँ प्रयोगकर्ताले अक्षरमा लेखेर आफूलाई कस्तो खालको म्यूजिक चाहिएको हो बताउन सक्नेछन्, जस्तै भिडियोको शीर्षक, मूड, लम्बाई आदि ।
उक्त टुलमा कुन एआई मोडल छ भन्ने चाहीँ बताइएको छैन ।
प्रतिक्रिया 4