+
+
Shares

अब विकास र समृद्धिको बहस गर्ने समय आयो : एमाले महासचिव

नेकपा एमालेका महासचिव शंकर पोखरेलले अब सबैको ध्यान विकास र समृद्धिको बहसमा केन्द्रित हुनु पर्ने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ३० गते २०:३०
नेकपा एमालेका महासचिव शंकर पोखरेल । फाइल फोटो ।

३० चैत, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अब विकास र समृद्धिको विषयमा बहस गर्ने समय आएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत् विचार व्यक्त गर्दै महासचिव पोखरेलले प्रतिगमनका हर्कत शिथिल भएको तथा सरकारले आन्दोलनरत शिक्षकहरूसँग वार्ता सुरु गरिसकेकाले अब विकास र समृद्धिको विषयमा बहस गर्ने समय आएको बताएका हुन् ।

‘यतिबेला प्रतिगमनको हर्कत पनि सिथिल भएको छ । आन्दोलनरत शिक्षकहरूसँग वार्ता सुरुभएको छ । अब समय भएको छ, विकास र समृद्धिको विषयमा बहस गर्ने,’ बहस शृंखला सुरु गरेको जानकारी दिँदै उनले भनेका छन् ।

महासचिव पोखरेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका प्राथमिकता पहिचान गर्ने र सरकारलाई सुझाव दिने गरी छलफल आह्वान गर्दै सुभाव दिन आग्रह गरेका छन् ।

बहस शृंखलाअन्तगृत उनले शिक्षा क्षेत्रको सुधारका लागि विभिन्न विकल्पमा सुझावसमेत मागेका छन् ।

विद्यमान शिक्षा प्रणालीका मुख्य समस्या के हुन् भन्दै सोधेका पोखरेलले विद्यमान शिक्षा प्रणालीमा सुधार कसरी गर्ने भन्ने सुझाव मागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?