+
+
Shares

प्रधानमन्त्रीले बाँडे १५ सामुदायिक विद्यालयलाई कम्प्युटर

प्रधानमन्त्रीले झापा, तेह्रथुम र ताप्लेजुङका १५ सामुदायिक विद्यालयलाई कम्प्युटर लगायत शैक्षिक सामग्री वितरण गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ३१ गते १२:३३

३१ चैत,  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले झापा, तेह्रथुम र ताप्लेजुङका विभिन्न १५ सामुदायिक विद्यालयलाई कम्प्युटर लगायत शैक्षिक सामग्री वितरण गरेका छन् ।

सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यावसाय कोषको कार्यक्रम अनुसार आइतबार दमकमा आयोजित कार्यक्रममा ती सामग्री वितरण गरिएको हो ।

प्रधानमन्त्री ओलीले शैक्षिक गुणस्तर वृद्धिका लागि सरकारी र निजी क्षेत्रले यस्ता शैक्षिक सामग्री उपलब्ध गराइ सहयोग गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललगाय सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?