+
+
Shares

शिक्षकहरू ११ दिनदेखि काठमाडौंका सडकमा (तस्वीरहरू)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८१ चैत ३१ गते १५:३४

३१ चैत, काठमाडौं । चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षक महासंघले आज पनि प्रदर्शन गरेको छ ।

माइतीघरदेखि बानेश्वरसम्म काठमाडौंका सडकमा उनीहरूले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।

शिक्षक महासंघर वार्ता र सडक आन्दोलन सँगसँगै अगाडि बढाएको  महासंघ सहअध्यक्ष नानुमाया पराजुलीको भनाइ छ ।

मन्त्रिपरिषद् र मन्त्रालयले गर्न सक्ने निर्णय गरेमा शिक्षक महासंघले आन्दोलनको मोडालिटी परिवर्तन गर्ने संकेत गरेको छ ।

सरकार र महासंघबीच बिहीबारदेखि लगातार संवाद भइरहेको छ । महासंघ सहअध्यक्ष नानुमाया पराजुली मन्त्रिपिरषद् र मन्त्रालयले शिक्षकका सेवा सुविधाका विषयमा निर्णय गरेमा आन्दोलनको मोडालिटी परिवर्तन गर्न सकिने बताउँछिन् ।

शनिबार शिक्षा मन्त्रालयको टोलीसँगको संवादपछि सहअध्यक्ष पराजुलीले मन्त्रिपरिषद् र मन्त्रालयले गर्न सक्ने निर्णय गरेमा शिक्षक महासंघले आन्दोलनको मोडालिटी परिवर्तन गर्ने बताएकी छिन् । ‘क्याबिनेटले गर्ने निर्णय कुरा उहाँहरूको रहयो । विधेयकको काम रफ्तारमा गएको भन्नुभएको छ । ऐन जारी गर्ने सुनिश्चितता भयो भने आन्दोलनको मोडालिटी चेन्ज हुन सक्छ । तर मैले मात्र भनेर हुँदैन,’ उनले भनिन्, ‘ऐन जारी गर्ने सुनिश्चतता भएन भने आन्दोलन रोकिँदैन ।’

सरकारसँग लगातार भइरहेको संवाद सकारात्मक भइरहेको तर निष्कर्षमा पुग्न नसकेको उनले बताइन् ।

शिक्षा मन्त्रालय र अर्थमन्त्रालयबीच छलफल सकिएपछि आज शिक्षक र सरकारबीच संवाद हुदैँछ ।

हेर्नुहोस् थप तस्वीरहरू : 

 

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?