
फाइल तस्वीर
३१ चैत, काठमाडौं । लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध भएको छ ।
सिन्धुलीको सुनकोशी गाउँपालिका–१ घ्याम्पे खोलामा लेदोसहितको पहिरो खसेपछि बाटो अवरुद्ध भएको हो ।
लेदोको कारण अहिले दुवैतर्फी बाटो अवरुद्ध भएको बागमती प्रदेश ट्राफिक कार्यालयका प्रमुख एसपी नरेशराज सुवेदीले जानकारी दिए ।
‘लेदोसहितको पहिरोका कारण बाटो अवरुद्ध भएको छ । पहिरो रोकिएपछि पन्छाउने काम सुरु हुन्छ,’ एसपी सुवेदीले अनलाइनखबरसँग भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4