+
+
Shares

‘क्रिस ४’बाट बलिउड फर्किदै प्रियंका, ३० करोड भारु पारिश्रमिक सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ३१ गते १८:१८

मुम्बई । बलिउड सुपरहिरो फिल्म ‘कृष ४’लाई लिएर पछिल्लो समय लगातार अपडेट आइरहेका छन् । ऋतिक रोशनले यो फिल्मको निर्देशन गर्नेदेखि निर्माणमा यशराज फिल्म्ससँग सहकार्य गर्ने खबर यसअघि आइसकेका छन् ।

भारतीय स्वादमा अन्तर्राष्ट्रिय गुणस्तरको फिल्म बनाउने दुवै निर्माताको उद्देश्य छ । त्यसयता फिल्मको कास्टिङलाई लिएर लगातार चर्चा चलिरहेको छ । पिंकभिल्लाका अनुसार यो फिल्मबाट प्रियंका चोपडाले बलिउड पुनरागमन गर्ने पक्का भएको छ । यो फिल्ममा उनले प्रियाको भूमिका गर्ने भएकी छन् ।

ऋतिक रोशन र आदित्य चोपडाले फिल्मको ‘फिमेल लिड’मा प्रियंकालाई फाइनल गरेको समाचारमा उल्लेख छ । यो फिल्मका लागि प्रियंकाले ३० करोड भारु पारिश्रमिक लिएको खबर टाइम्स अफ इण्डियाले लेखेको छ।

‘ऋतिक र प्रियंका एक सफल जोडी हुन् । उनीहरूको उत्कृष्ट व्यवसायिक सम्बन्ध छ । पीसीलाई क्रिस ४ मा आउन कठिन थिएन । फिल्मको कथाले कोइ मिल गयादेखि क्रिस, क्रिस ३ र अब चौथो सिक्वेलसम्मका पात्रहरूको यात्रालाई निरन्तरता दिन्छ । प्रियंका ऋतिकको फ्रान्चाइजीलाई अगाडि बढाउने दृष्टिकोणबाट प्रभावित भइन्, र उनले फिल्म निर्देशनको चुनौती लिएको देखेर उत्साहित भइन्’ स्रोतले भन्यो ।

यतिबेला यशराज स्टुडियोमा ‘क्रिस ४’ को प्रि-प्रोडक्सन धमाधम चलिरहेको छ । यशराजको टोलीले यो सुपरहिरो फिल्मको भीएफएक्समा काम गरिरहेको छ । ‘क्रिस ४’ सन् २०२६ को पहिलो चार महिनाबाट छायांकनमा जाने बताइएको छ । अहिले अन्य पात्रको कास्टिङ चलिरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?