+
+
Shares

१२ देशका राजदूतलाई परराष्ट्रमन्त्रीले दिइन् ‘डिप्लोम्याटिक रिट्रिट’

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ३१ गते १९:२९

३१ चैत, इलाम। परराष्ट्रन्त्री आरजु राणा देउवाले १२ देशका नेपालस्थित राजदूतहरुलाई रिट्रिट दिएकी छन् । नयाँ वर्षको अवसर पारेर परराष्ट्र मन्त्रालय र पर्यटन बोर्डले पूर्वको पर्यटकीय गन्तव्य इलामको कन्याम र श्रीअन्तु डाडाको प्रवर्द्धनको लागि संयुक्त रुपमा परराष्ट्रमन्त्रीले रिट्रटको आयोजना गरेकी हुन् ।

‘डिप्लोम्याटिक रिट्रिट’ नाम दिईएको कार्यक्रममा सहभागी परराष्ट्र मन्त्रीसहितको राजदूतको टोलीलाई सुर्योदय नगरपालिकाका मेयर रणबहादुर राईले कन्याममा स्वागत गरेका थिए । विदेशी राजदूतहरुले स्वागतका लागि प्रदर्शन गरिएको सांस्कृतिक झाँकीको अवलोकन गरे । झाँक्री र साकेला नृत्यको मनोरञ्जन लिदै उनीहरुले कन्याममा घोडचढी र चियाबारी भित्रको पदयात्राको मनोरञ्जन लिए ।

मन्त्री आरजु देउवासहित महामहिम राजदूतहरुले विभिन्न जातजातिका साँस्कृतिक पहिरन लगााएर कन्याममा फोटोसुट समेत गरे । होमस्टे एशोसिएसन तथा समुदायले रैथाने लाप्चा संस्कृतिको माला लगाएर मन्त्री देउवा र विभिन्न राष्ट्रका डेलिगेट्सलाई स्वागत गरेका छन् ।

नेपालका पर्यटकीय गन्तव्यहरुको प्रवर्द्धनको लागि विगतमा समेत यस्तो रिट्रिटको आयोजना हुने गरेको पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले जानकारी दिए। भोलि विहान अन्तुडाँडाबाट सुर्योदयको दृश्यावलोकन, दिउसो अन्तुपोखरीमा वोटिङ गर्ने तथा मंगलबार काठमाण्डौ फर्किने तयारी रहेको जोशीले बताए ।

उनले भने, ‘साँझमा श्रीअन्तुमा डिप्लोम्याटिक रिट्रिट कार्यक्रम छ, इलाम तथा समग्र पर्यटन र यस भ्रमणका सन्दर्भमा त्यहाँ छलफल हुनेछ ।’ भोलि दिउसो इलामका विभिन्न प्रकारका चिया र चिज चाख्ने कार्यक्रम तय गरिएको छ।

परराष्ट्रमन्त्री आरजु राणा देउवाका प्रेस सल्लाहकार एकराज पाठकले भ्रमणका क्रममा औपचारिक कार्यक्रम नराखिएको बताए । उनले भने, ‘यो नितान्त अनौपचारिक कार्यक्रम हो, नयाँबर्षका सन्दर्भमा नेपालका पर्यटकीय गन्तव्यको पर्यटन प्रबद्र्धन गर्ने मात्र कार्यक्रमको उद्देश्य छ ।’

रिट्रिटमा मन्त्री देउवासँग इजिप्टकी राजदूत नोहा हाम्डी अहमद एल्गेबाली, रिपब्लिक अफ कोरियाका राजदूत पार्क टेइयोङ्ग, वेलायतका राजदूत रोब फेन, स्विटजरल्याण्डका राजदूत डेनियल मेउली मोन्टेलियोन, थाइल्याण्डका राजदूत सुवापोङ्ग सिरिसोर्न, अष्ट्रेलियाकी राजदूत लेन जोनस्टोन, फ्रेञ्च रिपब्लिककी राजदूत भर्जिनी कोर्टेभाल, इजरायलका राजदूत स्मुलिक एरी बास, जापानका राजदूत माएडा तोरु, मलेसियाका राजदूत मोहम्मद फिर्डास बिन आजमान, श्रीलंकाकी राजदूत सिआर मुनासिंहे, बङ्गलादेशका राजदूत मोहम्मद हुमायुन कबिर सहभागी छन् ।

कार्यक्रममा इसिमोडका डाइरेक्टर जेनेरल पेमा ग्याम्त्सो पनि सहभागी भए । कन्याम आइपुगेका विदेशी राजदूतहरु कन्यामको सुन्दरतासँग रमाए। परराष्ट्र मन्त्रालय र नेपाल पर्टयन बोर्डले संयुक्त रुपमा आयोजना गरेको डिप्लोम्याटिक रिट्रिट कार्यक्रममा सहभागी हुन इलाम आएका राजदूतहरुले कन्याममा विभिन्न जातजातिका पहिरन लगाएर फोटोसुट गरे ।

ग्रीन कार्पेट भनेर चिनिने कन्यामको चियाबारीमा पदयात्रा गर्दै उनीहरुले दुईसय मिटर घोडा चढेर मनोरञ्जन गरे । कार्यक्रममा इजिप्ट, रिपब्लिक अफ कोरिया, वेलायत, स्विटजरल्याण्ड, थाइल्याण्ड, अष्ट्रेलिया, फ्रेञ्च रिपब्लिक, इजरायल, जापान, मलेसिया, श्रीलंका र बङ्गलादेश सहभागी भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?