
१ वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ वर्षले सबैखाले राजा–रजौटाबाट मुक्ति देओस् भनेर कामना गरेका छन् । साथै उनले अग्रगामी वैकल्पिक शक्तिहरु फस्टाउन् भनेर पनि कामना गरेका छन् ।
नयाँ वर्षको अवसरमा शुभकामना सन्देश दिँदै उनले सो कामना गरेका हुन् ।
देशमा सुशासन र समृद्धिको ढोका खुलोस् भनेर पनि भट्टराईले शुभकामना दिएका छन् ।
भट्टराईले भनेका छन्, ‘नयाँ वर्षले नेपाली जनतालाई सबै खाले राजा र रजौटाहरूबाट मुक्ति देओस् । अग्रगामी वैकल्पिक शक्तिहरू फस्टाउन् । देशमा सुशासन र समृद्धिको ढोका खुलोस् । नयाँ बर्ष २०८२ वि.सं.को सबैमा हार्दिक शुभकामना !’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4