+
+
Shares

अफिसबाट एक मिनेट छिटो निस्किंदा कर्मचारी बर्खास्त, अदालतले के भन्यो ?

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १ गते ९:२५

कुनै पनि कार्यालयमा कामचोर कर्मचारीको कमी हुँदैन । अफिसको नियम जतिसुकै कडा किन नहोस्, कतिपय कर्मचारीहरुले अनेक तरिकाले ठगठाग गरिरहेका हुन्छन्। यद्यपि कहिलेकाहीँ कर्मचारीहरुले बाध्यताबस तथा भुलवस गरेका केही गल्तीहरूका कारण पनि कठोर दण्ड भोग्न बाध्य हुन्छन् । चीनमा एउटा यस्तै घटना सार्वजनिक भएको छ, जसका कारण एउटा कम्पनी निकै आलोचित भएको हुन्छ ।

चीनको ग्वांझाउ सहरमा काम गर्ने वांग नामकी महिला निर्धारित समयभन्दा केवल एक मिनेटअघि आफ्नो अफिसबाट निस्केको आरोपमा जागिरबाट बर्खास्तगीमा परेकी छिन् । ती महिला कर्मचारीले एक महिनामा केवल ६ पटक मात्रै त्यसरी एक मिनेट अगाडि कामबाट निस्केकी रहेछिन् ।

वांगले तीन वर्षदेखि उक्त कम्पनीमा काम गर्दै आएकी छिन् । कम्पनीमा उनको कार्यसम्पादन पनि उत्कृष्ट छ । तर, कम्पनीले अचानक अफिसको सिसिटिभी फूटेजको आधारमा उनलाई बर्खास्त गर्‍यो । किनकि उनी महिनामा आधा दर्जनपटक एक/एक मिनेट छिटो अफिसबाट निस्किएकी रहेछिन् ।

आफूले राम्रो काम गर्दागर्दै पनि अन्जानमा गरेको सानो गल्तीका कारण अफिसले आफ्नो जागिर खोसेपछि ती युवतीले अदालतको ढोका ढक्ढकाइन् । स्थानीय अदालतले उनलाई न्याय प्रदान गर्दै मात्र एक मिनेटअघि कामबाट निस्कनुलाई छिटो कार्यालय छाडेको भन्न नमिल्ने फैसला गर्यो र उनलाई बर्खास्त गर्ने कम्पनीको निर्णयलाई खारेज गरिदियो ।

वास्तवमा उक्त कम्पनीले वांगलाई कुनै स्पष्टीकरण र चेतावनी विनै र सुध्रिने मौका पनि नदिइकन बर्खास्त गरेको थियो । अदालतले महिला कर्मचारी वांगलाई उचित क्षतिपूर्ति दिन समेत कम्पनीका नाममा आदेश दिएको छ । यद्यपि क्षतिपूर्तिको रकम भने खुलाइएको छैन ।

स्मरण रहोस् कर्मचारीप्रति निकै सख्त रबैया अपनाउने चिनियाँ कम्पनीहरुका समाचार बेला बखतमा चर्चामा आउने गर्दछन् । सन् २०२४ मा अफिसमा एक झप्को निदाएको भन्दै एकजना कर्मचारीलाई कम्पनीले बर्खास्त गरेको थियो, जसलाई पछि अदालतले करीब ६५ लाख रुपैयाँ क्षतिपूर्ति दिलाएको थियो । गत महिना बेइजिंगको एक ल फर्मले आफ्ना कर्मचारीलाई अधिक काम गराएको भन्दै जरिवाना तिर्नु परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?