+
+
Shares

सौगात र बेनिशाको ‘सिटामोल’ २३ साउनमा आउने

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १ गते ९:०४

काठमाडौं । सौगात मल्ल र बेनिशा हमाल स्टारर फिल्म ‘सिटामोल’को प्रदर्शन मिति घोषणा भएको छ । नयाँवर्ष २०८२ को अवसरमा पोस्टर सार्वजनिक गर्दै निर्माताले प्रदर्शन मिति घोषणा गरेका हुन् ।

यो फिल्म २३ साउनमा रिलिज हुनेछ । राजबहादुर सानेको निर्देशन रहेको फिल्मको पोस्टरमा सौगात र बेनिशालाई दम्पतीको रुपमा देखाइएको छ ।

प्रदीप भारद्धाज र राजबहादुर सानेको लेखन रहेको फिल्मलाई भूगोलकुमार कार्की र विकासराज जोशीले निर्माण गरेका हुन् । अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता हुन् । गंगाराम श्रेष्ठ सहायक निर्माता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?