
१ वैशाख, काठमाडौं । काठमाडौंमा जारी आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले आज ओमानविरुद्ध खेलिरहेको छ ।
काठमाडौंको माथिल्लो मुलपानी क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले बलिङ गर्दैछ ।
नेपालले पहिलो खेलमा आइतबार यूएईमाथि डिएल पद्दति अनुसार ५ रनको जित निकाल्दै विजयी सुरुआत गरिसकेको छ । ओमानले भने हिजै भएको खेलमा अफगानिस्तानसँग ८ विकेटको फराकिलो हार बेहोरेको थियो ।
आजै तल्लो मुलपानी मैदानमा अफगानिस्तानले हङकङसँग खेल्ने छ ।
नेपाल, अफगानिस्तान, यूएई, ओमान र हङकङ सहभागी यस छनोटबाट शीर्ष हुने टोली आगामी वर्षको यू-१९ विश्वकपमा छनोट हुने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4