
मेसेजिङ प्लाटफर्म ह्वाट्सएपमा विभिन्न नयाँ फिचरहरु थप भएका छन् । ह्वाट्सएपको ग्रुप च्याट, भ्वाइस तथा भिडियो कलसँगै च्यानल अन्तरक्रियालाई उत्कृष्ट बनाउने अभिप्रायका साथ नयाँ फिचर थप गरिएको हो ।
ह्वाट्सएपमा थप भएको नयाँ फिचरसँगै अब प्रयोगकर्ताले ग्रुप च्याटमा कतिजना मानिसहरू अनलाइन छन् भन्ने कुरा थाहा पाउन सक्नेछन् । ह्वाट्सएप ग्रुपमा रहेकामध्ये अनलाइनमा रहेका नामहरुको सूची ग्रुपको नामको मुनिपट्टि देखिनेछ ।
यसका साथै ह्वाट्सएपमा हाइलाइट नोटिफिकेसन फिचर पनि थप भएको छ । सेटिङ्स खण्डमा रहेको यो फिचरको मद्दतले प्रयोगकर्ताले कुन मेसेजको नोटिफिकेसन पाउने भन्ने तय गर्न सक्नेछन् । त्यहाँ सबै मेसेज तथा हाइलाइट (मेन्सन, रिप्लाई तथा कन्ट्याक्टका मेसेज) को अप्सन प्राप्त हुनेछ ।
ह्वाट्सएपले च्याट्समा इभेन्ट अप्सन पनि जोडेको छ । यसको सहयोगबाट कुनै पनि नम्बरसँग एउटा इभेन्ट सिर्जना गर्न सकिन्छ । साथै प्रयोगकर्तालाई ट्याप गर्न सकिने रिएक्सन फिचर पनि उपलब्ध हुनेछ । यसको मद्दतले प्रयोगकर्ताले कुनै मेसेजमा ट्याप गरेर त्यसमा कतिजनाले रिएक्ट गरेका छन् भन्ने देख्न सक्नेछन् ।
थप गरिएको नयाँ फिचर्ससँगै अब आइफोन प्रयोगकर्ताले ह्वाट्सएपबाट सिधै कुनै डकुमेन्ट स्क्यान गर्न र त्यसलाई पठाउन सक्नेछन् । प्रयोगकर्ताले attachment मेन्यूमा गएर Scan Document को अप्सन छान्न सक्नेछन् ।
नयाँ अपडेटपछि अब ह्वाट्सएपलाई आइफोनमा डिफल्ट एपको रुपमा छान्न सकिनेछ । अर्थात् तपाइँले कलिङ तथा मेसेजका लागि ह्वाट्सएपलाई डिफल्ट एप बनाउन सक्नुहुन्छ ।
अर्को गज्जबको फिचर भनेको ह्वाट्सएपले भिडियो कलमा जूम फिचर जोडेको छ । साथै कुनैपनि व्यक्तिलाई च्याटबाट सिधै चलिरहेको कलमा जोड्न सकिनेछ । यसका लागि add to call अप्सन दिइएको छ ।
ह्वाट्सएपले कलिङ गुणस्तरलाई पनि उत्कृष्ट बनाएको छ । यसबाट कल ड्रप तथा कल फ्रिज हुने समस्या पनि कम हुनेछ ।
प्रतिक्रिया 4