
काठमाडौं । गतवर्षका दुई हिट फिल्म ‘बोक्सीको घर’ र ‘मनसरा’ ओटीटी प्लाटफर्ममा रिलिज भएका छन् । ‘सिनेमाघर’ले नयाँवर्ष २०८२ को अवसरमा यी दुई फिल्मको स्ट्रिमिङ थालेको हो ।
सुलक्षण भारती निर्देशित ‘बोक्सीको घर’ले बोक्सी कुप्रथाबारेको कथा पेश गर्छ । बोक्सी कुप्रथाको नाममा महिलामाथि हुने अन्याय र शोषणको कथा यसमा छ । केकी अधिकारीको यसमा शीर्ष भूमिका छ । यो फिल्मले १० करोड २ लाख रुपैयाँ बक्सअफिसमा कमाइ गरेको थियो ।
उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘मनसरा’ पनि स्ट्रिमिङ भएको छ । ग्रामीण जीवनको संवेदनशील पक्षलाई उजागर गरेको यो फिल्ममा दयाहाङ राई, मिरुना मगर, मेनुका प्रधान, र प्रवीण खतिवडाको शीर्ष भूमिका छ ।
काठमाडौं सहरको खोल किनारमा बसोबास गर्ने भुइँमान्छेको कथा यसमा छ । यो फिल्मले बक्सअफिसमा ४ करोड ७८ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4